इन्द्रेणी संवाददाता
दाङ, २५ माघ । शनिवार दिउसो परेको चट्याङबाट दाङमा तीन जनाको ज्यान गएको छ । दिउँसो करीव १ बजेतिर तुलसीपुर ७ नवलपुरस्थित गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षकी छोरी सृष्टी र सोही ठाउँकी ५४ वर्षकी लक्ष्मी आचार्यको मृत्यु भएको हो ।
उनी दुबै जनाको लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचारका क्रममा दिउँसो ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ एउटा बंगुर पनि मरेको छ भने घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घोराही११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ को ताराबहादुरदेब पुरीको पनि चट्याङ लाग्दा मृत्यु भएको छ । आफ्नै घरको आगनमा खेलीरहेको अबस्थामा चट्याङले लागेर उनको मृत्यु भएको हो ।











