तुलसीपुर, १६ माघ । तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा दर्शकहरुको आकर्षण बढ्दै गएको छ । आज सातौं दिन पनि महोत्सव हाउसफुल भयो । दर्शकले खचाखच भरियो ।
सातौदिन विहीबार कलाकारहरु टंक बुढाथोकी, देवेन्द्र वस्नेतलगायतले आफ्ना प्रस्तुती राखेका थिए । दर्शकहरु कलाकारहरुको प्रस्तुतीमा छमछमी नाचेका थिए । महोत्सव माघ २० गतेसम्म चल्नेछ । महोत्सवको अवसरमा ल्याइएको हेलिकोप्टरमा दिनभरी उडान भरिरहयो ।











