घोराही, १६ माघ । माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को सातौं दिन गायक बद्री पङ्गेनीले वेजोड प्रस्तुती देखाएका छन् ।

2दाङ चेम्बर अफ कमर्सको आयोजनामा जारी महोत्सवमा बिहिवार सरस्वती पूजा भएका कारण दर्शकहरुको संख्या समेत निकै बढेको थियो । मञ्चमा दर्शकहरुले खचाखच भरिएको थियो । शुरुका दिनहरुको तुलनामा बुधवार दर्शक बढी आएका थिए ।

बुधवारको तुलनामा बिहिवार निकै धेरै दर्शकहरु आएको चेम्वर अफ कमर्स दाङकी सह–कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिए । ‘यसरी दर्शकहरुको संख्या दिनप्रतिदिन बढीरहँदा हामी निकै खुशी भएका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अपेक्षा गरेको भन्दा निकै भव्य र सभ्य तरिकाले महोत्सव सफल हुने देखिएको छ ।’

महोत्सवमा लोकप्रिया गायक बद्री पङ्गेनीले शुरुमा आमाहरुलाई लक्षित गरी विदेशिएको छोराले छुट्टी नपाएर घर नआएको विषयलाई समेटेर गित गाएका थिए । गित मार्फत कम्पनीले छुट्टी नदिएको अर्को वर्ष अवष्य आउँछु भन्ने भावको गित गाउँदा धेरै आमाहरुको आखाँ रसाएको थियो । त्यस लगत्तै बद्रीले युवाहरुलाई लक्षित गरी ‘पानी सलल’, ‘सुर्खेत वुलवुल ताल’, ‘ससुरालीमा’ लगायतका गित गाउँदा युवाहरु छमछमी नाचेका थिए ।

अन्तिमा बद्रीले ‘लाउचेली सिन्दुर लाउ, निको पार हृदयको गाउँ’ बोलको गित गाएका थिए । उनले गित गाउँदा धेरै नारीहरुको आंखा रसाएको थियो ।