दाङ, ९ माघ । नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा शनिवार हुने भएको छ । जिल्ला प्रतिनिधि सभा कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सहितका पदाधिकारी आउने भएका छन ।
कार्यक्रमको उदघाटन संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्ने कार्यक्रम तय भएको नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रतिनिधि सभाका लागि विशिष्ट अतिथिको रुपमा नेपाल शिक्षक महासंघका संघीय महासचिव लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरी लगायतका शिक्षक नेताहरु दाङमा आउने छन ।
कार्यक्रममा संघीय उपाध्याक्ष अमरबहादुर खड्का, ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगी लगायतका शिक्षक नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने नेपाल शिक्षक संघ दाङले जनाएको छ ।











