दाङ, १५ पुस । घोराही उपमहानगरपालिका वडा नं.१४ ले बृद्धबृद्धाहरुको घरमा पुगेर स्वास्थ्य जाँच गरेको छ । वडा कार्यालयले जेष्ठ नागरिकलाई स्वास्थ्य राख्ने उदेश्यले घरमा गएर चेकजाँच गरको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए ।

DSC_0613अभियानको घोराही उपमहानगरपालिका वडा न. १४ स्थित सगरमाथा टोलका ९२ बर्षीय बलवहादुर ओलीको स्वास्थ्य जाँच गरि अभियानको औपचारिक उद्घाटन गरिएको हो । त्यस अबसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले वडामा रहेका ६ सय जेष्ठ नगारिको स्वास्थ्य परिक्षण घरमै गएर गरिने बताए ।

यस्तै घोराही उपमहानगरपालिकाका निमित्त प्रमुख सिता सिग्देल न्यौपानेले घोराही उपमहानगरपालिकाले सम्पुर्ण वडामा स्वास्थ्य सेवा पु¥याउने बताइन् ।