दाङ, १४ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडाका सम्पुर्ण किशोरीहरुलाई आइरन चच्की खवाउने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा गठित पोषण तथा खाद्य सुरक्षा समितिको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो चरणमा विद्यालयमा अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खुवाइने वडा अध्यक्ष एवं समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।

girl-medicineदास्रोे चरणमा वडामा रहेका सम्पूर्ण किशोरीहरुलाई पायकपर्ने स्थान एवं नजिकको स्वास्थ्य संस्थामा लगेर आइरन चक्की खुवाउने छ । किशोरीहरुलाई ३÷३ महिनाको फरकमा आईरन चच्की खुवाउँने पर्ने भएपनि अहिले सम्म यस्तो नभएको डाँगीले बताए ।