काठमाडौं, १२ पुस । नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले पटक पटक बैठक गरेपछि कांग्रेस केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनको मिति घोषणा गरेको छ ।

deubaसभापति शेरबहादुर देउवाले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको भन्दै पौडेल र सिटौला पक्षले गम्भीर आपत्ति जनाएको छ । निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुने चेतावनी पौडेल–सिटौला पक्षको छ ।संस्थापन पक्ष मात्र उपस्थित बैठकले ७–१० फागुन ०७७ मा १४औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

महाधिवेशन कार्यतालिका

– ९ मंसिर ०७७ : वडा अधिवेशन

– ११ मंसिर : गाउँपालिका र नगरपालिका

– १५ मंसिर : ३३० प्रदेश क्षेत्र

– १७ मंसिर : १६५ प्रतिनिधिसभा क्षेत्र

– २५ मंसिर : ७७ जिल्ला 

– १५ पुस : ७ प्रदेश 

– ७–१० फागुन : १४औँ महाधिवेशन