इन्द्रेणी संवाददाता
दाङ, २९ असोज । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार महेश रिजालको उपचारमा सहयोग गर्न सबैलाई अपित गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ पार्षद समेत रहेका रिजालको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौमा स्वास्थ्य परिक्षण गराउँदा मुटुको ३ वटा रक्त नली बन्द भएको पुष्टि भएको छ । उक्त उपचार गर्नका लागि ठूलो रकम लाग्ने भएको र पत्रकार रिजालको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको हो ।
सहयोग गर्न इच्छुक महानुभावहरुले नेपाल पत्रकार महासंघ दाङ शाखामा आएर वा रिजालको खाता रहेको बैंक अफ काठमाडौंको खाता नम्बर ०५५४०००००६३२५२४ सहयोग रकम जम्मा गर्न सकिने छ ।











