इन्द्रेणी संवाददाता
दाङ, ३० असार । खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दाङमा ६ जनालाई पक्राउ गरेको छ । असार २८ गते तुलसीपुरको एक नास्ता पसलमा वसेर नास्ता खाइरहेको अवस्थामा सोही निवासी २२ वर्षका राम बहादुर वलीमाथि खसकरी प्रहार गरेको आरेपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

66600276_327262884828556_7768462649997656064_n - Copyपक्राउ गर्नेहरुमा दुधरासका सौरभ मल्ल, तुलसीपुर १२ कपडादेवी वस्ने तेजेश पुन मगर सोहीका रमेश केसी, अमृत ओली र भरत शाही रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले वली नास्ता खाँदै गरेको अवस्थामा मोटरसाइकलको नम्बर उल्टो बनाएर मोटरसाइकलमा आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि खानलास गर्दै जाँदा मोतिपुरको नर्सरी जंगलमा मोटरसाइकल र नर्सरीकै पश्चिम उत्तरतिर उनीहरुलाई फेला परेको थियो । प्रहरी उनीहरुबाट मोटरसाइकल मोवाइलसमेत वरामत गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वलीको २८ गते उपचारका क्रममा लखनउ लैजाँदै गर्दा मृत्यु भएको थियो ।