काठमाडौँ, १५ असार । आज मानो छरेर मुरी उव्जाउने दिन अर्थात धान दिवस । असारलाई धान दिवसको रुपमा मनाइन्छ । यो दिनलाई किसानहरुले मानो छरेर मुरी उव्जाउने दिनको रुपमा पनि लिने गर्दछन् । आजकै दिन दही चिउरा पनि खाने चलन छ ।

Ropai---3--16062017030922-1000x0सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भएको थियो ।