काठमाडौंँ, १५ वैशाख । पार्टी विरुद्ध कार्य गर्ने नेता कार्यकर्ताहरुलाई काग्रेसले निगरानीमा राख्ने भएको छ ।

NC-Sher-Bahadur-Deuba-1काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने भएको हो ।

काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा पनि गुटलाई बलियो बनाउने होडबाजी चलेपछि अनुशासन समितिले शीर्ष नेतालाई पनि लगाम लगाउने तयारी गरेको छ ।