भादगाउँ, २३ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने विचार राखेका छन् ।
नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो विचार राखेका हुन् । “काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन्”, उनले भने ।
सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री कोइरालाले एकवर्षे कार्यकालमा प्रशंसनीय काम सरकारले गर्न नसकेको टिप्पनी गरे ।











