तुलसीपुर, १८ चैत । तुलसीपुर उपमहानगरपालिकाको विकास पद्धति सिक्न इटहरीबाट जनप्रतिनिधिहरु आएका छन् । इटहरी नगरपालिकाका नगर प्रमुख द्वारीकालाल चौधरीको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले तुलसीपुर उपमहानगरपालिकाले गरेका विभिन्न नमुना कामको अवलोकन समेत गरेको छ ।
यस अवसरमा उनीहरुले नमुना अटो भिलेज, निर्माणाधिन वसपार्क र तरकारी तथा फलफुल वजारको अवलोकन गरे । तुलसीपुरले गरेका नमुना कामका वारेमा सुनेर केही सिक्नका लागि आएको वडाध्यक्ष शिव नारायण चौधरीले वताए । उनले यहाँको विकासको कामबाट नयाँ कुरा सिकेको समेत वताए । “यहाँको स्थानीय तहले गरेका कामहरुलाई हामीले अनुसरण गर्नेछौ” नगर प्रमुख चौधरीले भने ।
विभिन्न ठाउँको अवलोकन पश्चात तुलसीपुर आइपुगेको टोलीसँग आयोजना गरिएको अन्तक्र्रियामा नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको वारेमा जानकारी दिएका थिए । उनले भौतिक विकाससँगै अन्य सामाजिक विकासका काममा पनि काम गर्दै आएको वताए ।
कार्यक्रममा इटहरी नगरपालिकाका नगर प्रमुख द्वारीकालाल चौधरीले इटहरीले गरेको केही नमुना कामका वारेमा जानकारी गराएका थिए । उनले तुलसीपुरको विकासबाट आफुलाई नयाँ ढँगले काम गर्ने प्रेरणा मिलेको वताउँदै दुवै नगरपालिकाका विचमा भगिनी सम्वन्ध गाँस्न इच्छुक रहेको वताएका थिए ।











