शंकर के सी
सल्यान, ११ चैत । बालबालिकाको भविष्य बनाउनको लागि आफ्नो भविष्य दाउमा राखेर काम गर्दै आएका बाल विकासका शिक्षक शिक्षिकाहरुको तलब सामान्य ज्याला मजदुरी गर्नेहरुको जति पनि नभएकोप्रति आफूहरु गम्भीर रहेको कर्णाली प्रदेश गाउँपालिका महासंघका अध्यक्ष भिमबहादुर सेनले बताए ।
सल्यान कपुरकोटमा आयोजित नेपाल बाल शिक्षकहरुको प्रथम पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सबै स्थानीय तहले बाल विकासका शिक्षकहरुलाई सहयोग पुग्ने कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिए ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले बालविकास केन्द्र शिक्षाको प्रमुख आधार भएकाले स्थानीय सरकारले बाल विकास केन्द्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।











