तुलसीपुर, ११ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरवासीले ववइ नदीको किनारमा वनेको तारजालीको तटवन्ध देखेपछि खुसीले भने “यो वर्षामा वल्ल राम्रोसँग सुत्न पाइने भयो” ।

badhiवर्षातको समयमा सधै त्रासमा वाँच्न वाध्य मोतिपुरवासी तटवन्ध निर्माणसँगै खुसी भएका छन् । “सरकारले वेलौमा गुनासो सुनेर काम गर्यो वल्ल वाँच्न पाइने भइयो” स्थानीय वुद्धिराम चौधरीले भने ।

यसैवीच स्थानीय तिलकवहादुर वस्नेतको अगुवाइमा निर्माणाधिन वाँधको निरिक्षण समेत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नगरप्रवक्ता श्याम डाँगी र वडा नम्वर ११ का वडाध्यक्ष चित्रवहादुर वलीले वाँधको निरीक्षण गरेका थिए ।

वाँधको निरिक्षण गर्दै नगर प्रमुख पाण्डेले तत्काल वाँकी काम सक्नका लागि ठेकेदारलाई निर्देशन दिएका थिए । उनले वाढीपिडितहरुलाई राहत वितरण र घर निर्माणका लागि पहल भइरहेको समेत जानकारी दिए । “हामीले केन्द्रमा सबै कुरा लेखेर पठाएका छौ, तत्काल राहत आउने छ ” उनले भने ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले वाँध निर्माणको क्षेत्र केही वनमा पर्ने भएकाले त्यसको समाधानका लागि पहल गर्ने वताए । उनले राहत वितरणका लागि वाढीपिडितलाई राहतका लागि निवेदन संकलन समेत भइरको भन्दै छुटेकालाई निवेदन दिनका लागि आग्रह गरे ।

उनले वन्द अवस्थामा रहेको तटवन्ध निर्माणको काम वर्षात अगाडि नै सम्पन्न हुने गरी अगाडि वढाउन ठेकेदारलाई निर्देशन समेत दिएका थिए । सो अवसरमा स्थानीय समाजसेवी तिलक वहादुर वस्नेतले वर्षा अगाडि नै तटवन्ध निर्माणका काम सम्पन्न गर्नका लागि आग्रह गरेका थिए ।