काठमाडौँ, ४ चैत । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।“ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै निधन भएको थियो ।
यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० ले नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।
फोनिजका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गरी दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।











