इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । दाङको तुलसीपुर ४ का गणेश हमालमाथि तरवार प्रहार भएको छ । आज दिउँसो ३ बजेतिर तुलसीपुरस्थित सल्लान रोडमा उनीमाथि तरवार प्रहार हुँदा हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
तरवार प्रहारबाट उनको टाउँको, हात खुट्टा र ढाडमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
सल्यान रोडस्थित टक्यासी काउन्टरमा वसीरहेको समयमा मोटरसाइकलमा आएको एक समूहले तरवार प्रहार गरेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको छ भने हमालमाथि तरवार प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।











