सिमकोट १५ फागुन । हुम्लामा मंगलबार रातभर भारी हिमपात भएको छ । बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ । हिमपात भएसंगै तापक्रम माईनस सातमा झरेको छ भने चिसो निकै बढेको छ ।
पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतो मात्र देखिएको छ । बजार सुनसान छ । मानिसहरु घर बाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ ।
यसबाट सबै भन्दा बढी आगामी चैत १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) तयारी गरी रहेका विद्यार्थी मर्कामा परेका छन ।
जिल्लाको एक मात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ । नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्क विहीन छ । हिमपातका कारण जीवन कष्टकर बनेको छ ।











