इन्द्रेणी संवाददाता
प्रदेश नम्बर ५ ले प्रदेश राजधानीको ठाउँ र प्रदेशको नाम तोक्नका लागि सुझाव संकलन गर्न प्रदेश सभा सदस्यहरु लाइ गाउँ गाउँ पठाउने भएको छ ।

प्रदेश तोकिएको झन्डै एक बर्ष बितिसक्दा पनि नाम र स्थायी राजधानी तोक्न नसकेको ५ नम्बर प्रदेशले राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लाका गाउँ गाउँमा पुग्ने भएको हो ।  समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको पांच नम्बर प्रदेश कार्यालयले जनाएको छ ।

जिल्लामा राय सुझाव लिन गठित टोलीहरु मध्ये रुपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली,कपिलवस्तु र अर्घाखांचीमा तारा जीसी र वैजनाथ कलवार, गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी,दाङ र प्युठानमा निर्मला क्षेत्री,नारायण आचार्य र कल्पना पाण्डे,बांके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी तथा रुकुम र रोल्पामा बिरबहादुर राना र दिनेश पन्थी जाने तय भएको समितिका सदस्य विष्णु पन्थीले जानकारी दिए ।