दाङ, ६ फागुन । पाण्डेवश्वर मन्दिर धारापानीको पूर्वाधार विकास र पर्यटकीय केन्द«का रुपमा विकास गर्ने उदेश्यका साथ संचालन हुन लागेको श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञ सफल बनाउँन राजनितिक दलहरुसंग छलफल गरिएको छ ।

dharpaniपाण्डेबश्वर धाम महायज्ञ मुल समितिले घोराहीमा राजनितिक दलहरुसंग छलफल गरेको हो । जिल्लामा क्रियाशील राजनितिक दलहरुले महायज्ञ सफल बनाउँन भुमिका खेल्ने वताएका थिए ।

छलफल कार्यक्रममा बोल्ने वत्ताहरुले महायज्ञ सम्म पुग्नका लागि यातायात,स्वास्थ्य,सुरक्षा, खानेपानी, शौचालय र भक्त जनहरुलाई मन्दिर सम्म पुग्न वातावरण तयार गर्न आग्रह गरेका थिए । महायज्ञमा आउँने सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा ध्यान दिन आग्रह गर्दै त्यसका लागि स्थानीय जनप्रतिनिधी, प्रहरी,प्रशासन संग समन्वय गर्न आयोजक समितिका आग्रह गरेका थिए ।

छलफल कार्यmममा बोल्दै पाँच नं. प्रदेश सभा सदस्य रेवतीरमण शर्माले धारपानीको विकास गर्न त्यसको प्रचार –प्रसारको आश्यकता भएको वताएका थिए ।

महायज्ञको महत्वका बारेमा आम सर्वसाधारणलाई बुझाउँन आबश्यता रहेको भन्दै त्यसका लागि संचार माध्यम संग छलफल गर्न सुझाव दिए । करिव पाँच लाख भक्तजन महायज्ञको उतार्ने जमर्काे रहेको वताउँदै त्यसका लागि सबै संग छलफल गरेर अगाडी बढ्न आग्रह गरे ।