इन्द्रेणी संवाददाता
दाङ, ४ फागुन । दाङ मन्टेश्वरी एजुकेशन फाउन्डेशनद्धारा सञ्चालित युनाइटेड मन्टेश्वरी स्कूल घोराहीले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । आज शनिवार स्कूलमै एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

5वार्षिकोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गरे । उद्घाटन गर्दै डाँगीले यस मन्टेश्वरीले शिक्षामा अमूल्य योगदान पु¥याएको बताए । उनले मन्टेश्वरी विधि अथवा खेल्दै सिक्दै विधिबाट बालबालिकालाई गुणस्तर र व्यवहारिक शिक्षा दिन सफल भएको उल्लेख गर्दै अझ प्रगतिको शुभकामना दिए । आफ्नो बालबालिकाको शिक्षाका लागि अभिावकहरु पनि उत्तीकै जिम्मेवारी भएर लाग्न उनको सुझाव थियो ।

3विद्यालय सञ्चालक समिति एवं फाउन्डेशनका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, अतिथिहरु नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, निवर्तमान अध्यक्ष सुदीप गौतम, सचिव भुपेन्द्र वली, प्याव्सन घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, अभिभावक एवं पत्रकार महासंघ प्रदेश नम्बर ५ का सचिव सन्तोष दहित, कान्तिपुर दैनिकका उपसम्दक दुर्गालाल केसी, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी अभिभावक सनतकुमार श्रेष्ठ, स्कूलका निर्देशक लोकबहादुर विसी, प्रिन्सिपल रञ्जना पछाइलगायतले आफ्ना विचार राखेका थिए ।

6स्कूलका सञ्चालक कृष्णदेव थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्कूलका शिक्षा निर्देशक एवं सञ्चालक केशरमान विसीले गरेका थिए ।

2

सो अवसरमा स्कूलका बालबालिकाले विभिन्न संस्कृतिक कार्यक्रम पनि देखाएका थिए ।

1