काठमाडौँ, १० माघ। वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो ।
शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको समेतअध्ययन गरिन्छ ।










