इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङमा प्रहरीले ८८ हजार २ सय ६० रुपैयाँ नगदसहित जुवाको खालबाट चार जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका ४ को न्यू हरियाली रेष्टुरेन्टबाट शनिवार दिउँसो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











