दाङ, ४ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल जेसीसको उपाध्यक्षमा निर्वाचित लालमणि भण्डारी, त्रिभुवननगर जेसीका नवनिर्वाचित पदाधिकारी तथा दाङ महिला जेसीजका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रम संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको अध्यक्षता तथा जेसीजका केन्द्रीय उपाध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै केन्द्रीय उपाध्यक्ष भण्डारीले युवाहरुको संस्था जेसीज भएकाले सामाजिक कार्यमा सक्रिय रहने बताए ।
समाजको सकारात्मक विकाको लागि सवै संग सहकार्य गरेर अगाडि वढने बताए । कार्यक्रममा सहभागिहरुले उद्योग वाणिज्य संघ र जेसीज विगत देखि नै सहकार्य गरेर अगाडि वढी रहेको भन्दै आउदा दिनमा पनि सहकार्य गरेर अगाडि वढने बताएका थिए ।
कार्यक्रममा त्रिभुवन नगर जेसीजका अध्यक्ष वशन्तराज अधिकारी, दाङ महिला जेसीजका अध्यक्ष रेखा शर्मा, त्रिभुवननगर जेसीजका जन सम्पर्क अधिकारी मिनराज भाटले भनाइ राखेका थिए ।











