इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । जिल्ला प्रहरी कार्यालय दाङले सुनको सिक्री चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

Photoघोराही १३ वाह्रकुने दह वस्ने पञ्चमाया बुढाको ३ दशमलव ५ तोलाको सुनको सिक्री चोरी गर्ने विरगञ्ज महानगरपालिका ३२ का मुकेश यादव र प्रदिप यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ १ गते सिक्री चोरी गरेका उनीहरुलाई चोरी भएको सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।