इन्द्रेणी संवाददाता
दाङ, ३० पुस । सभामुख कृष्णबहादुर महराले माघी पर्वको सबैलाई सुभकामना दिएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै थारु समुदायको विशेष पर्वको रुपमा रहेको माघे सक्रान्ति पर्वमा थारु मगरलगायतका आदिवासी जनजाति समुदायलाई शुभकामना दिएका हुन्
‘थारु मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघेसंक्रान्ति÷माघ पर्व÷माघेसकराती–२०७५ को पावन अवसरमा समस्त थारु, मगर समुदाय एवम् सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु समेत विज्ञप्तिमा उल्लेख छ ।











