काठमाडौँ, २७ पुस । आज २९७ औं पृथ्वीजयन्ती । आजको दिनलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाइदैछ । यसको उपलक्ष्यमा ििवभिन्न कार्याक्रमको आयोजना गरी मनाइदैछ ।

prithvi-narayanshah-kingयस अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश दिएका छन् । सन्दशेमा उनले अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।