दाङ, २२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुर्र्इ तिहाइ वहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताएका छन् ।
रिपोटर्श क्लव नेपाल प्रदेश नंवर ५ दाङले आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै व्यवसायी नेता ढकालले यस्तो बताएका हुन् ।
मुलुक कम्तिमा २० बर्ष अन्योलको वातावरणमा रहंदा पनि व्यवसायीहरुले कहिल्यै हौसला नगुमाएर मुलुकलाइ गतिशिल बनाउन लागीपरेको स्मरण गर्दै पुर्व अध्यक्ष ढकालले अन्योल र अस्थीरतामा पनि व्यवसायीहरु हतोत्साहित नभएको बताए ।











