इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । दाङको तुलसीपुरमा एक जना होटल सञ्चालकले जवरजस्ती युवतीहरुलाई वेश्याबृतिमा लगाएको आरोपमा पक्राउ गरेको छ।

balatkari-pakrauतुलसीपुर उपमहानगरपालिका वडा नं. १४ घर भई न्यूरोडमा न्यू फुलवारी होटल सञ्चालक थुमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । एक जना पीडित युवतीले दिएको सूचना र जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको होटलमा प्रहरीले खानतलासी लिएपछि अर्का एक जना पीडित महिला फेला परेको समेत प्रहरीले जनाएको छ । होटल सञ्चालक चौधरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई शनिवार पक्राउ गरिएको हो ।