बाँके, १८ पुस । सञ्चार प्रविधिको विकाससँगै मानव दलालहरुले नयाँ नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ ।

baidesik rijgar“रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधै एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताइन् ।

पहिले गरीब घरपरिवारका महिला तथा बालिकालाई दलालले बिक्रीका लागि तारो बनाउथे भने अहिले धनी वर्गका महिला तथा बालिकाहरु समेत बेचिने गरेका छन् ।

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग गरेर महिला र बालबालिकालाई रोजगारीका नाममा प्रलोभनमा पारी दलालहरुले भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्दै आएको संयोजक कोइरालाले बताइन् । सञ्चार प्रविधिमा दलालले अहिले ‘इमो’को प्रयोग गर्दै आएका छन् ।