सल्यान, १० पुस । सल्यानको सारपानी गर्पामा कृषिलाई प्रवद्र्धन गर्ने गरी यसवर्ष योजनाहरु सञ्चालन हुने भएका छन् । कपुरकोट गाउँपालिका वडा नं. १ र २ साविकको सारपानी गर्पा गाविसमा कृषि सडक, कृषि टहरा लगाएतका योजनाहरु सञ्चालनको क्रममा रहेको सम्बन्धीत वडा कार्यालयहरुले जनाएका छन् ।

फोटो फाइल
वडा नम्बर १ मा विभिन्न १४ वटा योजनाहरु सञ्चालनको क्रममा रहेको वडा अध्यक्ष बालाराम खड्काले जानकारि दिएका छन् । धेरै घरपरिवार तरकारि तथा फलफुल खेतीमा आवद्ध भएकाले उत्पादित वस्तु बजार सम्म पुर्याउनकान लागी कृषि सडक, तरकारि संकलनका लागी टहरा निर्माण सम्बन्धी योजनाहरु गाउँपालिकामा धमाधम सम्झौता भइरहेको उनले बताए ।
यस्तै वडा नम्बर २ मा पनि १३ वटा योजनाहरु यस वर्ष सञ्चालन गर्न लागीएको वडाअध्यक्ष मान बहादुर रानाले बताएका छन् । नमुना वडा बनाउने उद्देश्यमा लागेको जनाउँदै उनले हरेक योजनाको प्रभावकारि अनुगमन गरिने पनि बताएका छन् । केहि ठूला योजनाहरु गाउँपालिकाले सञ्चालन गर्ने पनि वडाध्यक्ष रानाले बताए ।











