इन्द्रेणी संवाददाता
दाङ, ९ पुस । गएको शुक्रवार वेलुका दाङ तुलसीपुरको राम्रीमा भएको बस दुर्घटनामा परी घाइते भएका १२ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् ।
थप उपचारका लागि काठमाडौं लिइएकामध्ये आज सोमवार पाँच जनाको डिस्चार्ज भएको हो । यसरी डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी बर्षा रोकाय रहेका छन् । उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चार जनालाई सिटिइभिटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको छ । शिक्षा मन्त्रालयका प्रमुख सल्लाहकार जीवन गौतमका अनुसार जुम्लाकी हिमाली हमालको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो ।
त्यसैगरी जीवन भन्डारी जुम्ला, रोजिना पुन रुकुम, प्रकाश ओली रोल्पा, मेनुका रिजाल दाङ, ट्रमा सेन्टरको को ष्अग मा उपचार भद्र बिष्ट अछाम र रुकसमका राजन डाँगीको ट्रमा सेन्टरको इमर्जेन्सीमा उपचार भइरहेको छ भने युबराज ढुंगाना अछाम, काठमाडौं टिचिङ हस्पिटलको आइसियूमा राखी उपचार भइरहेको छ ।
गएको शुक्रवार वेलुका सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन फर्कने क्रममा घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेका बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर ३ राम्रीको भिरबाट करी ७ सय मिटर तल खसेको थियो । बस दुर्घटना परी २३ जनाको ज्यान गुमाएका थिए ।











