पर्सा, ९ पुस । एक जनाले आफूले गरेको विवाह प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि छुरी प्रहार गरेका छन् । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले विवाह प्रस्ताव स्वीकार नगरेपछि स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरीछुरी प्रहार गरेका हुन् ।

knife-bloodछुरी प्रहारबाट गम्भीर घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाएको छ । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत सुन्तलालाई जयकिशोरप्रसाद पटक/पटक विवाह प्रताव गरेको र अस्वीकार गरेपछि उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।