काठमाडौ, १ पुस । सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेखेर रचनात्मक प्रतिपक्षीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

Krishna bdr maharaपत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले सरकार र संघीय संसदको काममा सहयोगी बन्न समेत आग्रह गरे ।

आज काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदीय मामिला पत्रकारहरुको आवश्यक्तालाई आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आश्वासन पनि दिए ।