इन्द्रेणी संवाददाता
दाङ, १ पुस । दाङमा एक जनाको माछा पोखरीमा डुवेर मृत्यु भएको छ । लमही टिकुलीगढका कुलबहादुर वलीको माछा पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्थानीय लालबहादुर वलीको माछा पोखरीमा चिसोले मरेका माछा टिप्न गएका वलीको शनिवार मृत्यु भएको हो । प्रहरीले पोखरीका पानी खाली गरेर वलीको शव वाहिर निकालेको थियो ।











