तुलसीपुर, १७ असोज । प्रदेश नं. ५ प्रदेश प्रहरी कार्यालयले बिभिन्न प्रतियोगिताहरु आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउने भएको छ ।
दिवसको अवसरमा पाँच सय मिटर पुरुष दौड प्रतियोगिता, तीन सय मिटर खुल्ला महिला दौड प्रतियोगिता, ब्याटमिन्टन भेट्रान्स डवल्स प्रतियोगिता, ब्याटमिन्टन खुल्ला डबल्स प्रतियोगिता, टेवल टेनिस खुल्ला ( एकल)प्रतियोगिता, टेवल टेनिस खुल्ला (डबल्स) प्रतियोगिता र उच्च मावि स्तरीय कविता प्रतियोगिता ( प्रहरी काम कारवाही र महत्व सम्बन्धी) आयोजना गरिएको प्रहरी निरीक्षक विवेक कुमार शाहले जानकारी दिए ।
उनका अनुसार खेलमा भाग लिन नाम दर्ता गर्ने अन्तिम मिति असोज २० गते १२ बजेसम्म रहेको छ । त्यस्तै कविता उपलब्ध गराउने मिति असोज २१ गते ४ बजेसम्म रहेको छ । साथै दिवसको दिन प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलको सहभागिता रहनेछ ।











