शरद रेग्मी
दाङ १६ असोज । नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो । अवतरण पछि पत्रकारहरुसंग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन्

43050742_10211851426791450_6245348319191629824_n१० बर्ष अघि टरीगाउँ एयरर्पोट घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताए । १६
सीटे जहाँजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाँज बस्न सक्ने बताए । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताए ।

प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सय
रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ ।

इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दशै अघि विमान नियमित उडान हुने उनिरुले बताएका छन । संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच मंगलवार जहाँजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।

यता वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल नियुक्त भए लगत्तै उनले देशभर बन्द रहेका बिमानस्थल सुचारु गर्नुपर्ने भन्दै आधा दर्जन एयर्पाेटहरुमा परिक्षण उडान सुरु गरेका हुन् ।