इन्द्रेणी संवाददाता
कैलाली, १२ असोज । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको गोदावरी स्वीकृत भएको छ । आज सम्पन्न प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको राजधानी र नाम स्वीकृत गरेको हो ।

prdes 72आज बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको थियो ।

प्रदेश ७ को राजधानी र नामका लागि मतदान हुँदा राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने पक्षमा ३८ मत परेको थियो । विपक्षमा शून्य मत परेको थियो ।