काठमाडौँ, ९ असोज । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरे ।
रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।
“सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उनले भने ।











