झापा, ९ असोज। झापामा एक युवकले भान्जि नाता लगाउदै चार वर्षीया बालिका बलात्कार गरेका छन् । ती युवकलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले आइतवार राति पक्राउ गरेको छ ।

balatkari-pakrauहल्दिबारी गाउँपालिका १३ जलथलका २१ वर्षीय युवकले सोही छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।

आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेको बेला बलात्कार गरेकाले बालिका घरमा पुगेपछि योनी रगत बगेको थियो । ती युवकले बालिकालार्इ भान्जि र बालिकाले युवकलार्इ मामा भन्दै आएको थिए ।