दाङ, ९ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा २४ लाख रकम दान संंकलन भएको छ । महायज्ञको आठौँ दिनसम्म २४ लाख ७ हजार ७ सय ४ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा सोमवार १० लाख २० हजार ७ सय ८१ रकम संकलन भएको छ ।
महायज्ञमा सोमवार प्यूठान विजुवार हाल घोराही उपमहानगरपाकिला वडा नम्बर १५ रतनपुरका बसन्तराज थापा (प्रकाश) ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरे । नयाँ उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञमा बसन्तराज थापा र उनको धर्मपत्नी सुशीला केसी थापाले स्व.आमा चन्द्रावति थापाको स्मृतिमा सो रकम दान गनुृभएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिए ।
यस्तै सोमवार गेहेन्द्रदेवी भट्टले ६६ हजार ६ सय ६ट रुपैया, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले २६ हजार ५ सय ५ रुपैया दान गरे । सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा घोराहीमा जारी महायज्ञमासोमवार १ करोड दीप प्रज्वलन गरिएको थियो ।











