काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि मिश्र प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले सोमवार औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् ।
त्यसलगतै सोमबार साँझ नै मिश्रले सर्वोच्चमा गएर पदभार ग्रहण गरे । सर्वोच्चमा मिश्रलाई संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले फुलमालाले स्वागत गरेका थिए ।











