चितवन, २६ भदौ । लगातारको वर्षाका कारण आएको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको कालीखोला, जलवीरे र चारकिलोमा पहिरो जाँदा राति १ः२५ बजेदेखि यातायात अवरुद्ध भएको हो ।

muglinवर्षात् नरोकिएको र रातको समय भएकाले पहिरो हटाउन समस्या भएको बताइएको छ । पहिरो कारण गाडीहरु रोकिए पछि यात्रु बाटोमै अलपत्र परेका छन् । यात्रु पहिरोको जोखिममा पनि छन् । चितवन प्रशासनले पहिरो हटाउने प्रयास भइरहेको बताउँदै वैकल्पिक मार्ग प्रयोग गर्न र अलपत्र परेका यात्रुलाई सुरक्षित रहन अपिल गरेको छ ।