तुलसीपुर, २५ भदौ । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले यसै शैक्षिक सत्रबाट विएस्सी कक्षा सञ्चालनको तयारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर कलेजले विसिएको कक्षा सञ्चालन गर्न लागेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिए । सुचना प्रविधिसँग सम्वन्धित विषय सञ्चालनका लागि कलेजले पूर्वाधार समेत निर्माण गरिसकेको पनि जिसीले वताए ।
“लामो समयको तयारी पश्चात हामीले सम्वन्धन पाएका हौ ” जिसीले भने । उनले तुलसीपुरमा विसिए कार्यक्रम सञ्चालनका लागि ज्ञानदीपले मात्रै सम्वन्धन पाएको समेत वताए । “त्रिभुवन विश्वविद्यालयको मापदण्डभित्र रहेर हामीले कलेज सञ्चालन गर्ने सोच वनाएका छौ ” जिसीले भने ।











