सल्यान, २४ भदौ । सल्यानमा पहिरोबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।
मलामीबाट घर फर्कने क्रममा सल्यानको कालीमाटी गाउँपालिका—१ चादीका ४६ बर्षीया भक्तबहादुर डाँगीको ढुंगाले लाग्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार (हिजो) शारदा नदिबाट मलामी गएर फर्केने क्रममा डाँगीलाई पहिरोबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।











