इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । शुक्रवार वेलुका दाङ ल्याइएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आज आइतवार वयानका लागि दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित बनाइयो ।

ppउनलाई ८ दिन थप गरी अनुसन्धान थालिएको छ । अदालतबाट म्याद थप गरी उनलाई दाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाण्डलाई गत २० गतेको मितिले २७ गतेसम्म ८ दिनका लागि अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साउन २३ गते काठमाडौंबाट पक्राउ परेका प्रकाण्डको नाममा गएको मंसिर १२ गतेको चुनावमा दाङको तुलसीपुरमा भएको वम विष्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा मुद्दा परेपछि दाङ ल्याइएको हो ।