काठमाडौं, १४ भदौ । युएइसँगको खेलमा नेपाल ७८ रनले पराजित भएको छ । टस जितेर बलिङ रोजेको नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । तर, नेपाल १ सय ७६ रनमै अलआउट हुन पुग्यो । ओपनर सुवास खकुरेलले नेपाललाई सर्वाधिक ५० रन बनाए।
ओपनर ज्ञानेन्द्र मल्लले ४, कप्तान पारस खडकाले १६, सागर पुनले ३, दीपेन्द्रसिंह ऐरी ४०, आरिस सेफ ३, करण केसी ०, रोहित पौडेल ९ रन बनाएका थिए ।
यूएइले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। यूएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६१ रन बनाए । त्यस्तै अन्नान मुफ्तीले नटआउट ५७ रन बनाए ।
टस जितेर नेपालले बलिङ रोजेको खेलमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । १० ओभरमा उनले २४ रन दिएर ४ विकेट लिएका हुन् । उनले २ ओभर मेडन बलिङ गरेका थिए ।
करण केसीले ८ ओभरमा ६१ रन दिँदा कुनै विकेट लिन सकेनन् । सोमपाल कामीले १० ओभरमा २ विकेट लिएर ५८ रन दिए। बसन्त रेग्मीले १० ओभरमा २ विकेट लिएर ४९ रन दिए । त्यस्तै, कप्तान पारस खड्काले ६ ओभरमा ३३ रन दिंदा विकेट लिन सकेनन् । ६ ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २६ रन दिएका थिए।











