काठमाडौं, ४ भदौ । आइतवार राति फ्रान्सका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

chhaaघटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले झाको घरमा पछिल्लो १० वर्षभन्दा बढी समयदेखि कार्यरत कामदार सेतु तामाङ र अन्य दुई जना फुलबारीको काम गर्ने मालीलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडि बढाएको छ।

पूर्वराजदूत झाको बबरमहलस्थित घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै आएका झालाई घरकै चक्कु प्रहार गरी हत्या गरिएको थियो। उनकी श्रीमती घरको तल्लो तलामा र उनी माथिल्लो तलामा सुत्दै आएका थिए। उनी सुत्ने कोठाको झ्यालको जाली च्यातिएको अवस्थामा रहेको छ।