एजेन्सी, ४ भदौ । तालिवान लडाकुहरुले सोमबार अफगानिस्तानमा सयौँ सर्वसाधारणको अपहरण गरेका छन्।
उत्तरी अफगानिस्तानमा ३ बसलाई एम्बुसमा पारी उनीहरुले सर्वसाधारणको अपहरण गरेका हुन्।
बसबाट १ सय ७० भन्दा बढी यात्रुहरु अपहरण गरिएको बीबीसीले जनाएको छ। अधिकारीहरुले भनेका छन् कि, अपहरण भएको स्थल कुन्दज शहर नजिक रहेको छ।
कुन्दज शहरका प्रवक्ता इस्मातुल्लाह मुरादीले अपहरण भएको स्थान तालिवानले नियन्त्रण लिएको स्थान भएको पुष्टि गरेका छन्।
त्यस क्षेत्रमा समय समयमा सरकारी सेना र तालिवानबीच भीडन्त हुँदै आएको छ। आइतबारमात्र सरकारले विद्रोही तालिवानसँग युद्धविराम गरेको थियो।











