दाङ, ३१ साउन । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवास निर्माणका लागि सहयोगार्थ घोराहीमा महायज्ञ हुने भएको छ ।
प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवास गृहका लागि सहयोगार्थ ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ हुने भएको हो ।
असोज १ गतेदेखि ९ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रदेखि दक्षिणतर्फको मैदानमा हुने महायज्ञका लागि मूल समिति एवं उपसमितिहरु गठन गरिएको छ ।











